टर्कीका राष्ट्रपतिद्वारा गाजाबारे इजरायलको आलोचना, निर्वाध सहयोगको आह्वान



काठमाडौं । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले सोमवार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई नरसंहारको सञ्जाल चलाएको र यस क्षेत्रमा थप रक्तपातको मूल्यमा आफ्नो राजनीतिक अस्तित्व लम्ब्याउन खोजेको आरोप लगाएका छन् ।

नेतान्याहू र नरसंहारको सञ्जाललाई आफ्नो राजनीतिक आयु बढाउन आफूहरुको क्षेत्रलाई ठूला विपत्तिहरूमा तान्न अनुमति नदिने बताए ।

गाजामा भइरहेको अत्याचार रोक्न र भोकमरीको कगारमा रहेका गाजामा रहेका नागरिकलाई बिना अवरोध मानवीय सहायता पुयाउन आवश्यक रहेको बताए । इजरायललाई आतंकवादी राज्य भनेर वर्णन गरे ।

एर्दोगानले टर्कीले गाजामा भइरहेको हिंसा रोक्न र गम्भीर अभावको सामना गरिरहेका नागरिकहरूलाई मानवीय सहायताको निर्वाध वितरण सुनिश्चित गर्न काम गरिरहेको बताए । इजरायली तथ्याङ्कअनुसार अक्टोबर ७, २०२३ मा इजरायलमा लगभग १ हजार २ सय जनाको ज्यान जाने गरी हमासको आक्रमणपछि शुरु भएको गाजामा इजरायलको सैन्य अभियानका एर्दोगान सबैभन्दा मुखर आलोचकहरूमध्ये एक हुन् । प्यालेस्टिनी स्वास्थ्य अधिकारीहरूले गाजामा ६१ हजार भन्दा बढी मानिसहरूको मृत्यु भइसकेको र त्यसबेलादेखि नै एन्क्लेभको ठूलो भाग भग्नावशेषमा परिणत भएको र आधारभूत सेवाहरू भत्किएको बताएका छन् ।

प्रकाशित मिति : श्रावण २७, २०८२ मंगलबार  १० : २२ बजे