मनमती खोलामाथि बनेका संरचनामा महानगरले चलायो डोजर



काठमाडौं । काठमाडौं महानगरपालिकाले नदी करिडोरमा अतिक्रमण गरेर निर्माण गरेको भौतिक संरचना भत्काउने कार्यलाई तिब्रता दिएको छ ।

बिहीवार कालीमाटी, कुलेश्वर भई बग्ने मनमती खोलामाथि बनेका स्वीकृति बेगरका संरचनामा डोजर चलाएको हो ।

स्वीकृति नभएका पक्की पुलमासमेत डोजर र ब्रेकर लगाएर महानगरपालिकाले भत्काउने गरेको छ ।

महानगरपालिकाले यसअघि पनि अवैधानिक रुपमा बनाइएका संरचनामाथि डोजर चलाउँदै आएको छ । —न्युज एजेन्सी नेपाल

प्रकाशित मिति : श्रावण २९, २०८२ बिहीबार  ७ : ४४ बजे