बहुविवाह गर्न स्वीकृति दिने कानून ल्याउँदैनौ : प्रधानमन्त्री ओली



प्रधानमन्त्री केपी शर्मा ओलीले बहुविवाह गर्न स्वीकृति दिने कानून सरकारले ल्याउने भन्दै भ्रम फिँजाइएको बताएका छन् ।मुलुकी संहीता दिवसको अवसरमा सिंहदरबारमा आईतवार आयोजि कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताएका हुन् । उनले अहिले यसबारेमा धेरै हल्ला फिँजाइएको भन्दै त्यसबारे आफूले संसदमा पनि स्पष्ट पारिसकेको बताए

उनले प्रतिगमनकारी कानून सरकारले नल्याउने प्रतिवद्धता जनाए। ओलिले बहुविवाहलाई मान्यता दिनेकुरा आजको समाजले स्वीकार गर्न नसक्नेमा स्पष्ट हुन आग्रह गर्नुभयो । यस किसिमका भ्रमको पछि नलाग्न पनि आग्रह गरे ।

प्रधानमन्त्री ओलीले भने, ‘एउटा नचाहिँदो हल्ला धुमधाम चलेको छ । त्यसबारे मैले संसदमा पनि भनेँ । बहुविवाह गर्न स्वीकृति दिने भए । सरकारले स्वीकृति दिने भयो, संसदमा ल्याउने भए, पास हुने भयो भनेर हल्ला गरिएको छ । बहुविवाहलाई मान्यता आजको समाजले दिन्छ भन्नेकुरा नै सोच्न सक्ने कुरै होइन । एक जना अभियन्ता आउनुभयो मसँग कुरा गर्न । बढो चर्को स्वरमा भन्नुभयो । हेर्नुस्, बहुविवाह हामी कुनै हालतमा मान्दैनौँ भन्नुभयो । कसले गर्न लागेछ ? भनेँ । कानून बनाउन लागिएको छ, कसले बनाउन लागेको छ, मलाई त थाहा हुनुपर्ने । क्याबिनेटले पास गरेर संसदमा पठाउने हो विधेयक, कहाँबाट आयो भनेँ । यो भइसक्यो, आइसकेको छ । कुनै हालतमा मान्दैनौँ भन्नुभयो । मैले भने यस्तो कुनै हालतमा हुँदैन भने । यस्तो हल्लाका पछि नलाग्नुस् ।’

प्रधानमन्त्री ओलीले डेमोक्रेटिक रिपब्लिकमा प्रतिगमन हुन नसक्ने दाबि गर्दै सरकारले प्रतिगमनकारी कुनै कानूनको मस्यौदा संसदमा नपठाउने पनि स्पष्ट पारे ।

प्रकाशित मिति : भाद्र १, २०८२ आईतबार  ७ : २३ बजे