इजिप्टले आईतवार प्यालेस्टिनीहरूलाई विस्थापित गर्ने कुनैपनि इजरायली योजनाको स्पष्ट अस्वीकार गर्ने बताएको छ ।
यस्ता कदमहरू नैतिक वा कानूनी औचित्य बिनाको रहेको टिप्प्णी गरेको छ ।
मन्त्रालयले गाजा पट्टीबाट प्यालेस्टिनीहरूलाई स्वीकार गर्ने बारेमा इजरायलले केही देशहरूसँग परामर्श गरेको रिपोर्टमा गम्भीर चिन्ता व्यक्त गरेको छ । कायरोले सम्बन्धित देशहरूसँगको आफ्नो सम्पर्कले त्यस्ता योजनाहरूको अस्वीकृति पुष्टि गरेको बताएको छ ।
हमासले अक्टोबर ७, २०२३ मा दक्षिणी इजरायलमा गरेको आक्रमणमा १ हजार २ सय भन्दा बढी मानिसहरू मारिएका थिए । लगभग २५० जनालाई वन्धक बनाइएको थियो । गाजामा इजरायलको सैन्य अभियानमा ६१ हजार ९ सय ४४ प्यालेस्टिनीहरू मारिएका छन् । १ लाख ५५ हजार ८ सय ८६ जना घाइते भएका छन् । युद्ध शुरु भएदेखि अनिकाल र कुपोषणले ११० बालबालिका सहित २५८ जनाको मृत्यु भएको छ । एजेन्सी














