शेखर पक्षका सांसदले खाली पानामा गरेनन् हस्ताक्षर



काठमाडौं। प्रयोजन नखुलेको भन्दै नेपाली कांग्रेस संस्थापन इत्तर समूहका सांसदहरुले खाली पानामा हस्ताक्षर गर्न अस्वीकार गरेका छन् ।

कांग्रेस–एमालेले आ–आफ्ना सांसदहरुलाई बोलाएर हस्ताक्षर संकलन गरेका थिए । तर, कांग्रेस नेता डा.शेखर कोइराला समूहले प्रयोजन नखुलेको भन्दै खाली पानामा हस्ताक्षर गर्न अस्वीकार गरेको बताइएको छ ।

स्रोतका अनुसार सांसद कान्छाराम तामाङले डा कोइरालालाई फोन गरेर हस्ताक्षर गर्ने कि नगर्ने भनेर भनेका थिए । कोइरालाले ‘प्रयोजन खुल्ने भए गर्नुस्, नखुल्ने भए नगर्नुस्’ भन्ने जवाफ दिएका थिए ।

प्रकाशित मिति : भाद्र ३, २०८२ मंगलबार  ३ : ३६ बजे