काठमाडौं । हरितालिका (तीज) पर्वको अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयहरूमा भक्तजनको ठूलो घुइँचो लागेको छ।
पशुपतिनाथ मन्दिरमा भक्तजनको सहजताका लागि मन्दिरका चारवटै ढोका बिहान ३ बजेदेखि नै खोलिएको छ।
पशुपति क्षेत्र विकास कोषका निमित्त सदस्यसचिव सुभासचन्द्र जोशीका अनुसार, केही भक्तजन बिहान ३ बजेअघि नै लाममा बसिसकेका थिए। हालसम्म दर्शनार्थीहरूले करिब १५ देखि २० मिनेटको समयमा दर्शन गरेर फर्किन सकेको उनले बताए।
सुरक्षा र व्यवस्थापन
सुरक्षास् पशुपति क्षेत्रमा करिब तीन हजार सुरक्षाकर्मी खटाइएको छ।
लाम व्यवस्थापनस् मन्दिरको बाहिरी भागबाट प्रवेशका लागि व्यवस्थित लामको व्यवस्था गरिएको छ।
दर्शनको तरिकास् भक्तजनहरूले मुख्य मन्दिरभित्र प्रवेश गरेर मूल मूर्तिको अगाडिबाट दर्शन गर्न सक्ने व्यवस्था मिलाइएको छ। श्रीयन्त्र पूजाको समयमा पनि जाली राखेर बाहिरबाटै दर्शन गर्न सकिने व्यवस्था गरिएको कोषका सूचना अधिकारी अनिता भट्टले जानकारी दिइन्।









