काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिका लागि नेपाली काँग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेको मात्र उम्मेदवारी परेको छ । न्यौपानेको मात्र उम्मेदवारी परेकोले उनि समितिको सभापतिमा निर्विरोध चयन भएकि हुन् ।
मनोनयनको लागि मंगलवार दिउँसो १ बजेदेखि ४ बजेसम्मका लागि समय तोकिएको थियो । निर्धारित समयमा सभापतिका लागि न्यौपानेको मात्र उम्मेदवारी परेको हो ।
संसदीय सुनुवाई समिति सभापतिबाट राजीनामा दिएर उनले राज्य व्यवस्था समितिको सभापतिमा उम्मेदवारी दर्ता गराएकि थिईन् ।
उनको प्रश्तावक कांग्रेस सांसद रामहरि खतिवडा र समर्थकमा एमाले सांसद कृष्णगोपाल श्रेष्ठ छन् ।
बुधवार बस्ने राज्य व्यवस्था तथा सुशासनको बुधवारको बैठकमा उनि सभापतिमा निर्वाचित भएको औपचारिक घोषणा हुनेछ । यसअघि कुलिङ अफ पिरियड छेड्खानी प्रकरणमा संसदीय समितिले नैतिक एवं राजनीतिक जिम्मेवार ठहर गरेपछि रामहरि खतिवडा पदबाट राजीनामा दिएका थिए । न्युज एजेन्सी नेपाल









