हाजिर जमानीमा छुटे एमाले नेता महर



काठमाडौं, ११ भदौ । एमालेका केन्द्रीय सदस्य ऐन महर हाजिरी जमानीमा छुटेका छन् । आज (बुधबार) पक्राउ परेका उनी आज नै छुटेका हुन् ।

सामाजिक सञ्जालबाट चरित्रहत्या र गाली बेइज्जती कसुरमा महरलाई प्रहरिले पक्राउ गरेको थियो

रश्मिला धामीको जाहेरीको आधारमा महरविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । धामी लामो समयदेखि नेता महरविरुद्ध आन्दोलित हुँदै आएकी थिईन् ।

उनले महरविरुद्ध साईबर क्राईमको उजुरी दिएकी थिईन् । साइबर ब्यूरोका प्रवक्ता दीपकराज अवस्थीले महरलाई हाजिर जमानीमा छाडेको बताए ।

प्रकाशित मिति : भाद्र ११, २०८२ बुधबार  ७ : ४४ बजे