तनहुँमा चार हजारभन्दा बढी क्षेत्रफलमा मकै बीउ प्रवर्द्धन कार्यक्रम सञ्चालन



तनहुँ । कृषि ज्ञान केन्द्रले तनहुँका ४ हजार ८५ रोपनी क्षेत्रफलामा मकै बीउ उत्पादन तथा मकै बाली प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेको छ। केन्द्रले आर्थिक वर्ष २०८१/८२ मा जिल्लाका २० कृषक समूहमार्फत उक्त कार्यक्रम सञ्चालन गरेको हो।

मकै बीउ उत्पादन तथा मकै बाली प्रवर्द्धन कार्यक्रमलाई प्रदेशस्थित कृषि, भूमि तथा सहकारी मन्त्रालयले प्राथमिकतामा राखेको केन्द्रका प्रमुख गोपाल शर्मा लामिछानेले जानकारी दिए। उनका अनुसार उक्त कार्यक्रम सञ्चालनका लागि एउटा समूह ९क्लष्टर० मा कम्तीमा पनि एक सय रोपनी जग्गा हुनुपर्ने प्रावधान छ।

कार्यक्रम सञ्चालनका लागि ६८ लाख बजेट रहेकामा ३९ लाख दुई हजार खर्च भएको लामिछानेले जानकारी दिए। उनका अनुसार कार्यक्रमअन्तर्गत समूहलाई ५० देखि ८५ प्रतिशतसम्म अनुदानमा विविध सामग्री उपलब्ध गराइएको छ।

लामिछानेका अनुसार मकै बीउ उत्पादनका लागि कृषक समूहलाई पाँच हजार ४१४ किलो बीउ वितरण गरिएको छ। उनले भने, ३९ थान मिनिटिलर, २१ थान कम्बाइन मिल, ४७ थान मकै छोडाउने उपकरण, १४ थान डिजिटल तराजु, ५२ थान स्प्रेयर, चार सय २० थान त्रिपाल र दुई सय मिटर कुलो वितरण गरिएको छ।ु

आँबुखैरेनी गाउँपालिका(६ स्थित एकता कृषक समूहले एक सय रोपनी क्षेत्रफलमा मकै बीउ उत्पादन तथा बाली प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेको छ।रासस

प्रकाशित मिति : भाद्र ११, २०८२ बुधबार  ८ : ११ बजे