निरन्तर उकालो लाग्दै सुनको मूल्य, आज पनि नयाँ रेकर्ड



काठमाडौं ।स्थानिय बजारमा आज सुनको मूल्यले हालसम्मकै उच्च मूल्य कायम गरेको छ ।

आज सुन प्रतितोला १४ सय रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनूसार सुन दुई लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी प्रतितोला दश रूपैयाँ बढेर दुई हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : भाद्र २२, २०८२ आईतबार  ११ : ३३ बजे