सञ्चारमन्त्री गुरुङको घरमा आगजनी



२४ भदौ, काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको घरमा आगजनी भएको छ ।

केहीबेरअघि मन्त्री गुरुङको घरमा पुगेर प्रदर्शनकारीहरूले आगजनी गरेका हुन् ।

आक्रोशित भिडले मन्त्री गुरुङको घरमा ढुंगामुढासहित आगजनी गरेका हुन् ।

प्रकाशित मिति : भाद्र २४, २०८२ मंगलबार  १० : २७ बजे