काठमाडौं । नक्सालमा रहेको हिल्टन होटलमा आगजनी भएको छ ।
हिल्टनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका पुत्रको लगानी रहेको खुलेसँगै हिल्टन जनताको निशानामा परेको थियो ।
आन्दोलनकारीले हिल्टनमा पनि आगजनी गरेका हुन् ।
सोमबार जेनजीको प्रदर्शनमा १९ जनाको ज्यान गएपछि थप आक्रोशित भएका प्रदर्शनकारीले मंगलबार देशभर प्रदर्शन तीव्र पारेका छन्।
अहिले प्रदर्शनकारीको निशानामा नेताका घर र पार्टी कार्यालय परेका छन्। उनीहरूले घरहरूमा आगजनी गरिरहेका छन्।









