काठमाडौँ। नेपाली सेनाले शुक्रबार दिउँसो काठमाडौँ उपत्यकामा कर्फ्यु हटाएको छ।
नेपाली सेनाले सूचना जारी गर्दै दिउँसो ११ बजेदेखि साँझ ५ बजेसम्म मात्रै निषेधाज्ञा भने जारी गरेको छ।
सेनाले साँझ ७ बजेदेखि भदौ २८ गते बिहान ६ बजेसम्म कर्फ्यु लाग्ने जनाएको छ।
कर्फ्यु हटेसँगै दिउँसोको समयमा अत्यावश्यक सेवाका सवारी तथा संघ संस्थाहरु भने सञ्चालन गर्न सकिनेछ। जनजिवन सहज बनाउन दैनिक उपभोग्य वस्तु व्यवस्थापनका लागि २७ गते विहान ६ बजेदेखि ११ बजेसम्म तथा साँझ ५ बजेदेखि ७ बजेसम्म खुल्ला रहने भएतापनि स-सानो समुहमा मात्र कार्य गर्न आग्रह गरेको छ।









