सेनाले भन्यो– झुटा समाचारमा विश्वास नगर्नुस्



काठमाडौं । नेपाली सेनाले भ्रामक र झुटा समाचारमा विश्वास नगर्न अनुरोध गरेको छ ।

पछिल्लो समय विभिन्न प्रकारका टिका टिप्पणी, धारणा र विश्लेषणहरु सम्प्रेषण भइरहेको बताउँदै गलत, भ्रामक र झुटा समाचारमा विश्वास नगर्न आम सर्वसाधारणलाई सेनाले अनुरोध गरेको हो ।

नेपाली सेनाले एक सूचना जारी गर्दै आधारिक जानकारिका लागि जनसम्पर्क तथा सूचना निर्देशनालयलगायतका स्थानीय स्तरमा पृतना हेडक्वार्टरसँग समन्वय गर्न पनि अनुरोध गरेको छ ।

प्रकाशित मिति : भाद्र २७, २०८२ शुक्रबार  १० : ५५ बजे