काठमाडौ । नयाँ अन्तरिम सरकार बनेसगै देशभर क्रमशः निषेधाज्ञा र कर्फ्यू हट्न थालेको छ ।
निषेधाज्ञा र कर्फ्यू हट्दै गएपछि काठमाडौ उपत्यका लगायत देशैभरिको जनजिवन सामान्य हुँदै गएको छ ।
काठमाडौ उपत्यकामा लगाइएको निषेधाज्ञा र कर्फ्यू हटिसकेको छ त्यसैगरी चितवनमा निषेधाज्ञा र कर्फ्यू आदेश पूर्ण रूपमा हटाइएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनले शनिबार एक सूचना जारी गर्दै निषेधाज्ञा र कर्फ्यू आदेश हटाइएको जानकारी दिएको हो।
काठमाडौ र चितवनसगै देशभरिका अन्य ठुला शहरहरुमा पनि निषेधाज्ञा र कर्फ्यू आदेश हट्न थालेको छ ।
क्रमशः निषेधाज्ञा हटेसँगै देशभरको जनजीवन सामान्य बन्दै गएको छ भने बजार, यातायात तथा अन्य गतिविधि पुनः सञ्चालनमा आएका छन् ।
सुशासन र राजनितिक सुधारको माग राखेर थालिएको नयाँ पुस्ताको भ्रष्टाचार/ बेथितिविरुद्धको आन्दोलन सफल भएपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ ।
नयाँ सरकार बनेसगै तोकिएको मितिमा निर्बाचन, आन्दोलनका क्रममा देशका अमुल्य सम्पदा, ब्यबसायिक प्रटिष्ठान, अन्य सरकारी र निजि सम्पती नष्ट गर्नेलाइ कारबाहीसहित देश सुसाशन र बिकाशको नयाँ युगमा प्रबेश गर्ने नागरिकहरुको आशा छ ।









