प्रधानमन्त्री कार्कीले पदभार ग्रहण गर्दै, आजै मन्त्रिपरिषद् बिस्तारको तयारि



काठमाडौँ। नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज (आइतबार) पदभार ग्रहण गर्ने भएकी छिन्।

उनले आज बिहान ११ बजे सिंहदरबारस्थित गृह मन्त्रालयको नयाँ भवनबाट आफ्नो कार्यभार सम्हाल्ने तयारी गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले जनाएको छ ।

उनले आजै मन्त्रीपरिषद समेत बिस्तार गर्ने तयारी गरेको बताइएको छ ।

प्रकाशित मिति : भाद्र २९, २०८२ आईतबार  ९ : ०२ बजे