काठमाडौं। स्थानिय बजारमा सुनको मूल्य आज एक सय रुपैयाँले बढेको छ।
सोमबार एक सय रुपैयाँले बढेर प्रतितोला २ लाख १५ हजार २०० रुपैयाँ कायम भएको छ।
आइतबार सुनको मूल्य प्रतितोला २ लाख १५ हजार १०० रुपैयाँ कायम भएको थियो।
त्यस्तै चाँदीको मूल्य भने पाँच रुपैयाँले बढेको छ। आइतबार तोलामा २ हजार ५७० रुपैयाँमा कारोवार भएको चाँदी आज २ हजार ५७५ रुपैयाँमा कारोवार भैइरहेको महासंघले जनाएको छ।














