नवनियुक्त गृहमन्त्री अर्यालद्वारा पदभार ग्रहण



काठमाडौं । नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले पदभार ग्रहण गरेका छन् ।

शपथलगत्तै सिंहदरबार पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।

प्रधानमन्त्री कार्कीले गृहमन्त्री अर्यालसहित तीन जना मन्त्री नियुक्त गरेकी थिईन् ।

अधिवक्तासमेत रहेका अर्याल गृह र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

प्रकाशित मिति : भाद्र ३०, २०८२ सोमबार  १ : ५५ बजे