काठमाडौँ । स्थानिय बजारमा बिहीबार सुनको मूल्य घटेको छ ।
आज सूनको मूल्य ९ सय रूपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २ लाख १५ हजार २०० रुपैयाँ कायम भएको छ ।
यस्तै बिहीबार चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा २ हजार ५५० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर तोलामा २ हजार ५२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।














