काठमाडौं । उर्जा, शहरी विकास तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङसँग भारतीय राजदुत नविन श्रीवास्तवले भेटवार्ता गरेका छन् ।
आईतवार बिहान सिंहदरबारस्थित मन्त्रालयमा राजदुत श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका हून् ।
जेन जी पुस्ताको आन्दोलनपछि अन्तरिम सरकारको शक्तिशाली मन्त्री बन्नुभएका घिसिङलाई राजदुत श्रीवास्तवले बधाइ ज्ञापन गर्दै कार्यकालको सफलताको शुभकामना व्यक्त गरे ।
भेटका क्रममा नेपालको उर्जा, यातायात, भौतिक पूर्वाधार, शहरी विकासका क्षेत्रमा भारतले सहयोग जारी राख्ने प्रतिवद्धता व्यक्त गरे ।









