सुनको मूल्य हालसम्मकै उच्च



काठमाडौं । स्थानिय बजारमा सोमबार सुनको मूल्य बढेको छ । आज सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनूसार आज सुन प्रतितोला दुई लाख १७ हजार ८००मा कारोबार भइरहेको छ।

आइतबार प्रतितोला दुई लाख १७ हजार १०० मा खरिदबिक्री भएकोमा आज सात सय बढेको हो।

त्यस्तै, आज चाँदी प्रतितोला दुई हजार छ सय ५० मा खरिद बिक्री हुनेछ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार छ सय ९१ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : आश्विन ६, २०८२ सोमबार  ११ : ११ बजे