काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार आफ्नो मन्त्रिपरिषद् विस्तार गर्दैछिन्। नयाँ मन्त्रीहरुले २ बजे सपथ लिने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री कार्कीले ५ जना नयाँ मन्त्रीहरूको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेकी थिइन् तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा सिफारिस गरिएकी डा। संगीता कौशल मिश्राको नियुक्ति भने रोकिन सक्ने बताइएको छ।
सिफारिस मन्त्री र मन्त्रालय
• अनिलकुमार सिन्हा : उद्योग वाणिज्य तथा आपूर्ति, कानुन तथा न्याय, भूमिसुधार, सहकारी तथा गरिबी निवारण
• महावीर पुन : शिक्षा तथा विज्ञान प्रविधि
• मदनप्रसाद परियार : कृषि तथा पशुपन्छी विकास
• जगदीश खरेल : सूचना तथा सञ्चार
• डा संगीता मिश्रा : स्वास्थ्य तथा जनसंख्या
स्वास्थ्य तथा मन्त्रालयको पूर्वअतिरिक्त सचिव डा. संगीता कौशल मिश्राबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेकाले उनको सिफारिसमा प्रश्न उठेपछि अहिलका लागि उनलाई मन्त्री नबनाइने प्रधानमन्त्री निकट स्रोतको भनाइ छ।









