सुनको मूल्य हालसम्मकै उच्च, एकैदिन ३९ सयले बढ्यो



काठमाडौं स्थानिय बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

आज सुनको मूल्य प्रतितोला दुई लाख २१ हजार ७०० रुपैयाँ पुगेको हो । जुन मूल्य हालसम्मकै उच्च हो ।

सुन आज एकैदिन तोलामा ३९ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य तोलामा दुई हजार ६८० रुपैयाँमा उक्लिएको छ । चाँदी अघिल्लो दिनको तुलनामा प्रतितोला ३० रुपैयाँ बढेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : आश्विन ७, २०८२ मंगलबार  ११ : ३९ बजे