एनआईसी एसिया बैंकका ग्राहकलाई लन्डन ब्रिज गार्डेन रिसोर्टमा १० प्रतिशत छुट



काठमाडौं । एनआईसी एसिया बैंकका ग्राहकलाई नवलपरासीमा रहेको लन्डन ब्रिज गार्डेन रिसोर्टबीच छुट उपलब्ध गराउने सम्झौता भएको छ ।

समझदारीसँगै एनआईसी एसिया बैंकका ग्राहकहरुले बर्दघाट, नवलपरासीमा रहेको उक्त रिसोर्टमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

यस सुविधाको उपयोग गर्न ग्राहकले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ ।

उक्त रिसोर्टसँगको यस सहकार्यले ग्राहकलाई छुट सुविधा उपलब्ध हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

प्रकाशित मिति : आश्विन ८, २०८२ बुधबार  २ : ११ बजे