काठमाडौं, ८ असोज । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले नेपाल समाजवादी पार्टीको अध्यक्षबाट राजीनामा दिएका छन् ।
आज बसेको पार्टीको केन्द्रीय कमिटीको बैठकमार्फत उनले अध्यक्षबाट राजीनामा दिएका हुन् ।
यही सन्दर्भमा बदलिँदो राजनीतिलाई आत्मसात गर्नुपर्ने बाबुरामको मत थियो ।
उनले पार्टीको विशेष महाधिवेशन आगामी फागुनमा गर्ने प्रस्ताव गरेका छन् ।









