काठमाडौं । स्थानिय बजारमा आजसुनको मूल्य घटेको छ ।
सुन हालसम्मकै उच्च मूल्यबाट तोलामा १७ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनूसार यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख २१ हजार ३०० रुपैयाँ कायम छ ।
चाँदीको मूल्य पनि उच्च विन्दुबाट तोलामा १५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला दुई हजार ६८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।














