प्रचण्डको प्रस्तावमा नारायणकाजी र जनार्दनको असहमति



काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी मंसिरमा विशेष महाधिवेशन गर्नेगरी राखेको प्रस्तावमा असहमति जनाएका छन् ।

सुरुमा बोलेका अध्यक्ष प्रचण्डले आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव प्रस्तुत गरेका छन् ।

विशेष महाधिवेशनमाजाने भएपछि पदाधिकारी र केन्द्रीय समिति भंगको प्रस्ताव प्रस्तुत गरेका थिए ।

पार्टी अध्यक्ष प्रचण्डको प्रस्तावमा असहमति जनाउँदै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले मंसिरमा विशेष महाधिवेशन सम्भव नरहेको बताए ।

प्रकाशित मिति : आश्विन ९, २०८२ बिहीबार  ३ : १५ बजे