काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले राजनीतिक कनेक्सनका आधारमा रोकिएका अनुसन्धानका सबै फाइल खोल्ने बताएका छन् ।
आज ‘शुक्रबार’ नेपाली प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो ‘सीआईबी’ का निरीक्षणपनि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले राजनीतिक कनेक्सनका आधारमा रोकिएका सबै प्रकारका फाइलहरू ‘ब्रेक-थ्रु’ हुने बताए ।
उनले भने, ‘सबै फाइलको ब्रेक थ्रु हुन्छ। कतिपय ठाउँबाट राजनीतिक कनेक्सनका आधारमा जे कुरा रोकिएका थिए, त्यो हुँदैन अब। यो सरकारको म्यान्डेट नै सुशासन हो, सुशासनविना शान्ति सुरक्षा हुन सकिँदैन,’।









