राजनीतिक कनेक्सनका आधारमा रोकिएका फाइलको ‘ब्रेक-थ्रु’ हुन्छः गृहमन्त्री अर्याल



काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले राजनीतिक कनेक्सनका आधारमा रोकिएका अनुसन्धानका सबै फाइल खोल्ने बताएका छन् ।

आज ‘शुक्रबार’ नेपाली प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो ‘सीआईबी’ का निरीक्षणपनि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले राजनीतिक कनेक्सनका आधारमा रोकिएका सबै प्रकारका फाइलहरू ‘ब्रेक-थ्रु’ हुने बताए ।

उनले भने, ‘सबै फाइलको ब्रेक थ्रु हुन्छ। कतिपय ठाउँबाट राजनीतिक कनेक्सनका आधारमा जे कुरा रोकिएका थिए, त्यो हुँदैन अब। यो सरकारको म्यान्डेट नै सुशासन हो, सुशासनविना शान्ति सुरक्षा हुन सकिँदैन,’।

प्रकाशित मिति : आश्विन १०, २०८२ शुक्रबार  १ : ०१ बजे