हल्लाबाजहरुलाई देश जिम्मा लगाएर विदेश भाग्दैनौँ : ओली



काठमाण्डौ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले हल्लाबाजहरुलाई देश नछोड्ने स्पष्ट पारेका छन्

। शनिवार भक्तपुरस्थित निवासमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले यस्तो बताएका हुन ।

उनले सरकारले विभिन्न प्रकारका हल्ला गरिरहेको बताए । पासपोर्ट रोक्ने भन्ने भ्रम फैल्याइएको भन्दै हाहाहुहुको सरकारलाई देश जिम्मा लगाइदिएर विदेश नभाग्ने दाबी गरे ।

देश सबै नेपालीहरु मिलेर बनाउनुपर्ने भन्दै देशलाई संवैधानिक, लोकतान्त्रिक मूलधारमा ल्याएरै छोड्ने पतिवद्धता जनाए । देशलाई फेरि पनि सुशासन, शान्ति सुव्यवस्थामामा ल्याउने ओलिको दाबी छ ।

प्रकाशित मिति : आश्विन ११, २०८२ शनिबार  ४ : ३९ बजे