आश्विन ११, काठमाण्डौ । अन्तरिम सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जेन—जी आन्दोलनका क्रममा घाइते भएकाहरुलाई ट्रमा सेन्टरमा पुगेर भेट गरेका छन् ।
शनिवार मन्त्री पुनले ट्रमा सेन्टरमा पुगेर घाइतेहरुको स्वास्थ्यअवस्थाबारे जानकारी लिएका हुन।
उनले स्वास्थ्य उपचार राम्रो रहेको पाएको र कसैले पनि स्वास्थ्य उपचारबारे गुनासो नगरेको बताए ।
उनले घाइतेहरुले आफ्ना मागहरु पूरा हुुनपर्नेमा चिन्ता व्यक्त गरेको उल्लेख गरे ।
आफूहरु देशका लागि लडेको, देशका लागि रगत बगाएको घाइतेहरुले बताएको भन्दै मन्त्री पुनले शरीरको चिन्ता भन्दा पनि माग पूरा हुन्छ की हुँदैन र भविष्यमा के हुन्छ ? भन्ने चिन्ता घाइतेहरुमा रहेको पाएको बताए ।









