काठमाडौँ । नेपालमा जेसिबी मेसिनहरूको आधिकारिक वितरक एमएडब्लू अर्थमुभर्स प्रा. लि. (जेसिबी नेपाल) ले नेपाल ईट्टा उद्योग महासंघको १७औं वार्षिक साधारण सभालाई प्रायोजन गरेको छ। कार्यक्रम २०८२ भदौ १२ देखि १४ गतेसम्म गोदावरीस्थित होटल भ्यु भृकुटीमा सम्पन्न भएको हो।
जेसिबी नेपालले इँटा उद्योगको विकास र आधुनिकीकरणमा योगदान पुर्याउने उद्देश्यले यो सहकार्य गरेको बताएको छ। कोभिड–१९ महामारीपछिका चुनौतीहरू पार गर्दै पुनः गति लिँदै गरेको इँटा उद्योगलाई सशक्त बनाउन उपकरण आधुनिकीकरण महत्त्वपूर्ण हुने जेसिबी नेपालले जनाएको छ।
साधारण सभामा जेसिबी नेपालले उच्च दक्षता र बहुउपयोगी क्षमताका लागि परिचित ११ मिटर क्षमताको JCB Telehandler 530-110 प्रदर्शन गरेको थियो। यो मेसिन इँटा उद्योगमा इँटा तथा अन्य सामग्री लोड, थुपार्ने र ढुवानीमा प्रभावकारी देखिएको छ। आधुनिक डिजाइन र अत्याधुनिक प्रविधिसहित यो मेसिनले उत्पादकत्व र सुरक्षामा सुधार ल्याउने कम्पनीको दाबी छ।
कार्यक्रममार्फत जेसिबी नेपालले इँटा उद्योगका सरोकारवाला, भट्टा सञ्चालक तथा नीति निर्मातासँग प्रत्यक्ष संवाद गर्ने अवसर पाएको थियो। यसले उद्योगका आवश्यकताअनुसार जेसिबीका विभिन्न मेसिनरी समाधान प्रस्तुत गर्न सहयोग पु¥याएको कम्पनीले जनाएको छ।
जेसिबी नेपालका अनुसार यस सहकार्यले उद्योगमा गुणस्तरीय मेसिनरीको माग बढाउने मात्र नभई भरपर्दो साझेदारका रूपमा ब्राण्ड इमेज पनि मजबुत बनाएको छ। आफ्टर सेल्स सर्भिस र गुणस्तरीय प्रविधिमार्फत उद्योगलाई सशक्त बनाउन पाउनुमा कम्पनीले गर्व प्रकट गरेको छ।
एमएडब्लू अर्थमुभर्सले इँटा उद्योगलगायत पूर्वाधार तथा निर्माण क्षेत्रमा निरन्तर सहकार्य गर्दै बलियो, दक्ष र इनोभेटिभ भविष्य निर्माणमा योगदान दिइरहेको छ।














