बढी भाडा असुले खबर गर्नुस, तत्काल कारबाही गर्छौं : मन्त्री घिसिङ



यातायातमन्त्री कुलमान घिसिङले स्वीकृत भाडादर भन्दा बढी भाडा असुले तत्काल खबर गर्न यात्रुहरूलाई आह्वान गरेका छन्।

मन्त्री घिसिङले तोकिएभन्दा बढी भाडा असुल्ने व्यवसायीलाई तत्काल कारबाही गरिने पनि स्पस्ट पारेका छन्।

उनले चाडबाडको मौका छोपी बढी भाडा असुल्ने र टिकट कालोबजारी गर्ने क्रियाकलाप तत्काल बन्द गर्न आग्रह गर्दै अटेरी गरे कारबाहिको चेतावनी दिएका छन् ।

प्रकाशित मिति : आश्विन १५, २०८२ बुधबार  ९ : ४९ बजे