काठमाडौं, १९ असोज । नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त सन्देश शर्मा पक्राउ परेका छन् ।
उनी ललितपुर महानगरपालिका बखुण्डोलबाट पक्राउ परेका हुन् ।
उपत्यका प्रहरी कार्यालय र महाशाखाको टोलीले उनलाई आज पक्राउ गरेको हो ।
उनि भदौ २४ गते जेनजी आन्दोलनका कारण केन्द्रीय कारागारबाट भागेका थिए ।









