अत्याधिक मानवीय क्षति भएको इलाममा ३२२ मिलिमिटर वर्षा



काठमाडौं । पहिरोले अधिक मानवीय क्षति भएको इलाममा बितेका २४ घण्टामा ३ सय २२ मिलिमिटर वर्षा भएको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार इलामका सबै केन्द्रमा २ सय मिलिमिटरभन्दा बढी वर्षा भएको छ।

कन्याम र माई पोखरीमा २ सय ७६ मिलिमिटर वर्षा भएको छ यो अति भारी वर्षा हो।

बितेका २४ घण्टामा मोरङमा २ सय ३३, सुनसरीमा २ सय ५, धनकुटामा १ सय ६६, धनुषामा १ सय ९२, सिन्धुलीमा २ सय ५, सप्तरीमा १ सय ८०, रौतहटमा २ सय ५, मकवानपुरमा २ सय २४ मिलिमिटर वर्षा भएको छ। रासस

प्रकाशित मिति : आश्विन १९, २०८२ आईतबार  ५ : ४९ बजे