मंगलबार तोलामा २३ सय बढ्यो सुन, हालसम्मकै उच्च मूल्यमा कारोबार



काठमाडौं । मंगलबार सुनको भाउ तोलामा २३ सय रुपैयाँ बढेको छ ।

मंगलबार तोलामा २३ सय रुपैयाँ बढेर सुनको मूल्य प्रतितोला २ लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको यो मूल्य हालसम्मकै उच्च हो । दिनदिनै सुनको मूल्य बढेर जाँदा नयाँ रेकर्ड बनिरहेको छ ।

मंगलबार चाँदीको मूल्य प्रतितोला २ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको यो मूल्य पनि हालसम्मकै उच्च हो ।

प्रकाशित मिति : आश्विन २१, २०८२ मंगलबार  ११ : ५४ बजे