मधेसमा नेपाली काँग्रेसको नेतृत्वमा सरकार गठन गर्न दाबी पेश



काठमाडौं । मधेस प्रदेशमा नेपाली काँग्रेसको नेतृत्वमा सरकार गठन गर्नका लागि प्रदेश प्रमुखको कार्यालयमा दाबी पेश गरिएको छ ।

नेपाली काँग्रेस, नेकपा एमाले र जनमत पार्टीबीच बुधवार काँग्रेसको नेतृत्वमा सरकार गठन गर्ने सहमतिअनुरुप प्रदेश प्रमुखको कार्यालयमा दाबी पेश गरिएको हो ।

काँग्रेस संसदीय दलका नेता कृष्ण यादव, एमाले संसदीय दलका नेता सरोज यादव र जनमत पार्टीको संसदीय दलका नेताको नेतृत्वमा पुगेको प्रदेश सभा सदस्यहरुको टोलीले प्रदेश प्रमुख सुमित्रा सुवेदी प्रदेश बाहिर रहेकाले प्रदेश प्रमुखको कार्यालयमा पुगेर सरकार गठनकालागि दाबी पेश गरेको हो ।

प्रकाशित मिति : आश्विन २२, २०८२ बुधबार  ६ : २४ बजे