काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री मदन परियारले सरकारले उखु किसानलाई प्रोत्साहन रकम ७५ रुपैयाँ दिने भनेर ७० रुपैयाँ दिने गरिएको पाइएको बताएका छन्।
मन्त्रालयमा बुधवार भएको कृषि पत्रकारहरुसँगको अन्र्तक्रिया कार्यक्रममा उनले यस्तो बतएका हुन् ।
उनले किसानलाई प्रतिक्वीन्टल ७५ रुपैयाँ अनुदान दिनुपर्ने ७० रुपैयाँ दिएको बताउँदै गतवर्ष त्यसमा पनि आधा कटौती गरेको बताउनु भयो । गतवर्ष ३५ रुपैयाँ मात्रै प्रोत्साहन रकम भुक्तानी भएको उनले जानकारी दिए ।
के कारणले किसानको रकम कटौती भएको भन्ने बारेमा आफुलाई थाहा नभएको उनले बताउनु भयो । किसानले ७० रुपैयाँ नै अनुदान माग गरेकोले सरकारले सोहीअनुसार भुक्तानी थाल्न प्रक्रिया थालेको उनले जानकारी दिए ।









