काठमाडौं । जेन—जी आन्दोलबाट क्षतिको कुल बीमा दाबी रकम २३ अर्ब २२ करोड रुपैयाँ पुगेको छ ।
हालैको आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी रकम बुधवारसम्ममा सबै निर्जीवन बीमा कम्पनीमा गरी करिव २३ अर्ब २२ करोड ८७ लाख पुगेको हो ।
नेपाल बीमा प्राधिकरणकाअनुसार विभिन्न १४ वटा निर्जीवन बीमा कम्पनी र चारवटा लघु निर्जीवन बीमा कम्पनीमा परेका कुल ३ हजार ९९ वटा बीमा दाबी परेको छ ।
प्राधिकरणकाअनुसार निर्जीवन बीमा कम्पनीहरूमा परेका कूल दाबी रकममध्ये बुधवारसम्ममा अग्रिम भुक्तानी समेत गरी करिव १ अर्ब २९ करोड १९ लाख भुक्तानी भएको छ । निर्जीवन बीमा कम्पनीहरूले क्षतिको सर्भे प्रतिवेदन तयारीका लागि बुधवारसम्ममा २ हजार ७ सय ६ को संख्यामा सर्भेयर खटाएको र हालसम्ममा सर्भेयरहरूले ३७४ को संख्यामा सर्भे प्रतिवेदन पेश भएको छ ।














