यो सरकारले चुनाव गराउँछ भन्नेकुरा भ्रम मात्रै होः शंकर पोखरेल



काठमाडौं । नेकपा ९एमाले०का महासचिव शंकर पोखरेलले वर्तमान सरकारले चुनाव गराउन चाहन्छ भन्नेकुरा भ्रम मात्रै भएको बताएका छन् ।

बिहीवार भक्तपुरको गुण्डुमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो दाबी गरेका हुन् ।

महासचिव पोखरेलले सरकारले चुनावको वातावरण बताउनका लागि कुनै पहलकदमी नलिएको जिकिर गरे।

उनले सरकारले चुनाव गराउनका लागि राजनीतिक दलसँग कुरा परामर्श नगरेको गुनासो समेत गरे ।

पोखरेलले वर्तमान सरकार राजनीतिक दलहरुको परामर्श अनुसार नबनेको भन्दै आपत्ति समेत जनाए ।

प्रकाशित मिति : आश्विन २३, २०८२ बिहीबार  १ : ४७ बजे