काठमाडौं । नेपाली काँग्रेसले गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनको क्रममा भौतिक संरचनामाथि तोडफोड, आगजनी र लुटपाटमा संलग्नलाई कारबाही गर्न माग गरेको छ ।
बिहीवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले यस्तो माग राखेको प्रवक्ता डा। प्रकाशशरण महतले जानकारी दिए।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले तोडफोड, आगजनी र लुटपातमा संलग्नलाई कानूनी दायरामा ल्याउनुपर्ने पक्षमा नेताहरुले धारणा राखेको बताए।
महतले जेनजीका आन्दोलनकारीलाई कारबाही नगर्ने गृहमन्त्री ओम प्रकाश अर्यालको अभिव्यक्तिप्रति आपत्ति समेत जनाए।









