काठमाडौँ। आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट–एशिया प्यासिफिक छनोट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा आज नेपालले जापानसँग प्रतिस्पर्धा गर्दैछ। यो खेल दिउँसो ४:१५ बजे शुरु हुनेछ।
नेपाल र जापान दुवै टोलीले एक खेल अगाडि नै सुपर सिक्सु मा स्थान सुरक्षित गरिसकेका छन्। बिहीबार भएको समूह बीु को खेलमा जापानले कुवेतलाई पराजित गरेपछि यी दुईको स्थान सुनिश्चित भएको हो। नेपाल र जापान दुवैसँग पराजित भएको कुवेत भने समूह चरणबाट बाहिरिएको छ।
समूह चरणको अन्तिम खेलको विजेताले ुसुपर सिक्सु मा अतिरिक्त अंक लिएर जाने भएकाले आजको खेल दुवै देशका लागि महत्त्वपूर्ण छ र जित्नैपर्ने दबाब छ। पहिलो खेलमा ५८ रनको शानदार जित निकालेको नेपाल उच्च मनोबल का साथ मैदानमा उत्रिनेछ।
आजै आईसीसी पुरुष टी–२० विश्वकप छनोटअन्तर्गत आज अन्य दुई खेल पनि हुँदैछन् । पहिलो खेल बिहान पौने १२ बजे मलेसिया र संयुक्त अरब इमिरेट्स बीच हुनेछ। तेस्रो खेल राति ८:४५ बजे ओमान र पपुवा न्यूगिनी बीच हुनेछ।














