फिलिपिन्समा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प



२४ असोज, काठमाडौं । फिलिपिन्समा ७।४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पले क्षति पुर्‍याएको विवरण आइसकेको छैन ।

भूकम्प पछि फिलिपिन्सको ज्वालामुखी विज्ञान तथा भूकम्प विज्ञान संस्थाले सुनामी चेतावनी जारी गर्दै तटीय क्षेत्रमा बसोबास गर्नेहरूलाई उच्च स्थानतिर र भित्री क्षेत्रमा सराउने सुझाव दिएको छ।

सामान्य ज्वारभन्दा एक मिटरभन्दा बढीको सुनामि आउन सक्ने अनुमान गरिएको छ। विशेषगरी बन्द बन्दरगाह र खाडिहरूमा तरंग अझै उच्च हुन सक्ने चेतावनी दिइएको छ।

यसअघि ३० सेप्टेम्बरमा फिलिपिन्सको सेबु प्रान्तमा ६।९ म्याग्निच्युडको भूकम्प जाँदा ६९ जनाको मृत्यु भएको थियो भने करिब १५० जना घाइते भएका थिए ।

प्रकाशित मिति : आश्विन २४, २०८२ शुक्रबार  १० : १९ बजे