काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक बोलाएका छन्। पौडेललेले दिउँसो ४ बजे प्रधानमन्त्री सुशीला कार्कीसहित राजनीतिक दलहरूको सर्वदलीय बैठक बोलाएका हुन्।
बैठकमा निर्वाचन आयोगले सुरु गरेको चुनाबको तयारि, शान्ति सुरक्षा लगायतका विषयमा छलफलको हुने बुझिएको छ ।
सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन घोषणा गरिसकेको छ ।
यसअघि हिजो राष्ट्रपति रामचन्द्र पौडैल र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको थियो ।









