सभामुखले बोलाएको बैठकमा रास्वपा अनुपस्थित



काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा पुनःस्थापनाबारे छलफल गर्न बोलाएको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अनुपस्थित भएको छ ।

बुधवार बिहान सिंहदरबारस्थित सभामुख देवराज घिमिरेको कार्यकक्षमा जारी छलफलमा १० राजनीतिक दललाई बोलाएकोमा चार दल अनुपस्थित भएका हुन् ।

बैठकमा रास्वपा, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी सहभागी नभएका हुन् ।

प्रकाशित मिति : आश्विन २९, २०८२ बुधबार  ११ : १८ बजे