एमाले सधैँका लागि सरकारबाट हट्यो भन्ने भ्रम नपाले हुन्छः ओली



काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले सधैँका लागि सरकारबाट हट्यो भन्ने भ्रम नपाले हुने चेतावनी दिएका छन् ।

बुधवारबाट ललितपुरको जावलखेलमा शुुरु भएको पार्टी केन्द्रिय कमिटी बैठकमा बोल्दै उनले सो कुरा बताएका हून् । ‘

ओलीले भने,कसैले अब सधैंका लागि एमाले सरकारबाट हट्यो भने ठानेको होला । यो भ्रम नपाले हुन्छ,’। ‘एमाले, राजनीतिक, आर्थिक विकासको नायकत्व दिइरहेको पार्टी हो ।

अध्यक्ष ओलीले एमालेले मुलुकको राजनीतिक, आर्थिक क्षेत्रको नायकत्व गरिरहेको पार्टी भएको दाबी समेत गरे ।

प्रकाशित मिति : आश्विन २९, २०८२ बुधबार  १ : ०० बजे