काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बोल्नका लागि समय माग गरेपछि केहीबेर होहल्ला भएको छ ।
बुधबार ललितपुरको जावलाखेलमा सुरु भएको केन्द्रीय कमिटी बैठकमा ईश्वर पोखरेलले आफूलाई बोल्न समय दिनुपर्ने बताएका थिए ।तर, महासचिव शंकर पोखरेलले बैठकमा केन्द्रीय सदस्यले तीन–तीन मिनेट बोल्ने र पदाधिकारीले बोल्न नपाउने बताएपछि चर्काचर्की भएको हो ।














