निर्वाचन आयोगको राजनीतिक दलहरूसँग छलफल जारी



काठमाडौँ । निर्वाचन आयोग र राजनीतिक दलहरूबिचको छलफल जारी छ ।

कान्तिपथस्थित आयोगकै सभाकक्षमा बैठक सुरु भएको हो।

छलफलमा सबैजसो राजनीतिक दलका नेताहरू पुगेका छन्।

आयोगले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने तथा गत निर्वाचनका कम्तीमा एक वडा सदस्यसम्म विजय हासिल गर्ने राजनीतिक दललाई आगामी निर्वाचनको तयारीको छलफलमा आउन पत्राचार गरेको थियो।

प्रकाशित मिति : आश्विन ३०, २०८२ बिहीबार  १२ : ५५ बजे