ओली सरकारले नियुक्त गरेका राजदूत फिर्ता बोलाउने तयारी



काठमाडौं । सरकारले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा नियुक्त भएका राजदूतहरुलाई फिर्ता बोलाउने तयारी गरेको छ ।

त्यस सम्बन्धी निर्णय आजको मन्त्रिपरिषद्‌ बैठकबाट गर्ने तयारी छ ।

मन्त्रिपरिषद्‌को बैठक अहिले जारी छ ।

“अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा राजनीतिक नियुक्तिका आधारमा राजदूत बनेका १६ जनामध्ये ११ जनालाई फिर्ता बोलाउने तयारी भएको छ । परराष्ट्र मन्त्रालय उच्च स्रोतका अनूसार मन्त्रिपरिषद्को बैठकले फिर्ता बोलाउने निर्णय गर्नेछ ।

प्रकाशित मिति : आश्विन ३०, २०८२ बिहीबार  ४ : ०५ बजे