टी–२० विश्वकप छनोट : उपाधिका लागि आज नेपालले सामोआसँग प्रतिस्पर्धा गर्दै



काठमाडौं। टी–२० विश्वकप एसिया एन्ड इएपी छनोटको उपाधिका लागि आज ९शुक्रबार० अपराजित नेपालले सामोआसँग प्रतिस्पर्धा गर्दैछ। ओमानमा जारी यो छनोट खेल अपराह्न सवा ४ बजे सुरु हुनेछ।

समूह चरणमा जापान र कतारलाई पराजित गर्दै नेपाल ८ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा छ। आजको खेल दुवै टोलीका लागि प्रतियोगिताको अन्तिम खेल हुनेछ। नेपालले आज सामोआलाई पराजित गर्न सकेमा ऊ छनोटको च्याम्पियन बन्नेछ।

यद्यपि, नेपाल, युएई ९६ अंक० र ओमान ९६ अंक० ले भने शीर्ष–३ मा स्थान बनाउँदै यसअघि नै टी–२० विश्वकपमा आफ्नो स्थान सुरक्षित गरिसकेका छन्। ओमानले आज आफ्नो अन्तिम खेल जापानसँग बिहान ११ बजे खेल्दैछ।

प्रकाशित मिति : आश्विन ३१, २०८२ शुक्रबार  ८ : ५६ बजे